काठमाडौ। भारतवाट भारतीय प्रहरीको बर्दीमा नेपाल आएका दुई भारतीय प्रहरीलाई काठमाडौमा नेपाल प्रहरीले गिरफ्तार गरेर भारतीय दूतावासमा बुझाएको छ। शुक्रवार राति भारतीय प्रहरीको बर्दी लगाएर काठमाडौमा प्रवेश गरेका भारतीय प्रहरीलाई थानकोट प्रहरीले नियन्त्रण गरेर दूतावासमा बुझाएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

Indian Police in Kathmanduएक भारतीय अधिकारीको सुरक्षार्थ खटिएका ती भारतीय प्रहरीहरुलाई नेपाल प्रहरीले उनीहरुको भारतीय प्रहरीको बर्दी खोल्न लगाएर दूतावासमा बुझाइएको छ। अन्तरराष्ट्रिय कानून अनुसार कुनैपनि अर्को देशमा कुनैपनि सुरक्षाकर्मी बर्दीमा नै प्रवेश गर्नु अपराध हो। यस अपराधलाई बारम्बार भारतीय प्रहरीले उलंघन गर्ने कार्य गर्दैआएको पाइएको छ।

यसअघि गत हप्ता मात्र हतियारसहित पाँच भारतीय प्रहरी बर्दीमा नै नेपाल पसेका थिए। त्यसको अलावा इन्सपेक्टरसहित पाँच भारतीय प्रहरी अपराधी खोज्ने बहानामा हतियार सहित नेपाल प्रवेश गरेका थिए। उनीहरुलाई नेपालले कुनै कारवाही नगरिकन त्यसै छाडेको थियो ।

नेपालको भूमिमा भारतीय प्रहरी बर्दीमा हतियार सहित प्रवेश गरेर नेपालमा उनीहरुले गर्दैआएको दादागिरीको रुपमा लिइएको छ। अन्तरराष्ट्रिय कानून अनुसार उनीहरुलाई कारवाही गर्नुपर्नेमा सामान्य कारवाही गरेर दूतावासको जिम्मा लाउने कार्य मात्र हुने गरेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ १ गते शनिवार ।