काठमाडौं। पश्चिम नेपालको कैलाली स्थित गौरीफन्टा नाकाबाट भारतीय भूमिमा अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षण नगरी नेपाल भित्र्याइएको इमेज खवरले उल्लेख गरेको छ। हिजो विहीवार मात्रै आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो।

उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन। सम्बन्धित स्थानीय तहले नै स्वास्थ्य परीक्षण गर्न र त्यही क्वारेन्टाइनमा राख्ने हुँदा सीमामा परीक्षण नगरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले इमेज खवरलाई जानकारी दिएको छ।

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावादलगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा लामो समयदेखि अलपत्र परेका थिए।
प्रकाशन मिति–२०७७ साल जेठ ८ गते विहीवार ।