काठमाडौ। चर्चाको लागि जस्तोसुकै फोटो खिच्ने तथा बोल्ने भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डे यतिखेर फेरि सर्टमूभीका कारण फेरि चर्चामा आएकी छन्। द विकेन्ड नामक सर्टमूभीको प्रमोसनको नाममा उक्त फिल्मको हटसिन लिक गरेको स्वीकार गरेकी छन्।

poonam-pandeसोही सर्टमूभीका तस्वीर पनि मज्जाले लिक गरेर पूनमले आफ्नो लागि आफैले हट बनाएर फेरि चर्चामा ल्याएकी छन्। चर्चामा आउने आफ्नो यो बेग्लै स्टाइल भएकोले कसैले टाउको दुखाउनु पर्ने आवश्यकता पनि नरहेको बताएकी छन्।

आफू कुनै कपुर तथा खान खानदान नभएको कारण चर्चामा आउनको लागि कन्ट्रोभर्सी मार्ग नरोजेको खण्डमा गल्लीको कुकुरले पनि नचिन्ने भएकोले त्यस प्रकारको कार्य गर्न रहर भन्दा पनि बाँध्यता भएको उनले भारतीय समाचार माध्यमहरुलाई भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।