विराटनगर। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज सोमवार राति बम विष्फोट भएको छ।

आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले राष्ट्रिय समाचार समितिलाई बताएका छन्।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरीले भनेको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।