Indian Amabassador Ranjit Ray in Manang 1काठमाडौ। नेपालका लागि भारतीय राजदूत रञ्जित रे नेपालको हिमालपारिको जिल्ला मनाङ्ग पुगेका छन्। माथिल्लो मनाङ्ग क्षेत्रमा पाँच दिने भ्रमणका लागि भारतीय राजदूत रे शुक्रबार काठमाडौवाट विहानै एयर डाइनेस्टीको हेलिकप्टर चार्टर गरेर मनाङ्ग पुगेको समाचार स्रोतले बताएको छ।

मनाङ्गमा भारतीय राजदूत रेलाई मनाङ्गका सांसद तथा पूर्वराज्यमन्त्री टेकवहादुर गुरुङ्ग लगायतले स्वागत गरेका थिए। समाचार स्रोतका अनुसार राजदूत रेले माथिल्लो मनाङका विभिन्न ठाउँमा ४ रात ५ दिन बिताउनेछन् । पर्यटन ब्यवसायी समिति मनाङका अनुसार राजदूत रेलाई गाउँलेले स्थानीय बौद्ध परम्परा अनुसार स्वागत गरेका छन्।Indian Amabassador Ranjit Ray in Manang 2

राजदूत रेका साथ भारतीय दूतावासका पुन:निर्माण हेर्ने काउन्सिलर डा.अजय कुमार, उनका निजी सुरक्षाकर्मी प्रदीप कुमार र पूर्वराज्यमन्त्री गुरुङ रहकेका छन्। उनीहरुलाई माथिल्लो मनाङमा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद धिताल, डीएसपी जगन्नाथ गौतम, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवा, पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ, आमा समूह, युवा समूह, विद्यार्थी लगायतले स्वागत गरेका थिए।

प्रकाशन मिति–२०७३ साल भदौ १० गते शुक्रबार ।