prime-minister-office-of-nepal

काठमाडौ। कही नभएको जात्रा नेपालमा भनेजस्तै नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सार्वजनिक विदा गर्ने निर्णय गरेको छ।

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल सरकार मन्त्रीपरिषदको विहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण यही कात्तिक १७ गतेवाट १९ गतेसम्म हुने भएको छ। यस निर्णयानुसार नेपालमा कात्तिक १७ गते सार्वजनिक विदा हुने भएको छ।

त्यसैगरेर चीनका राष्ट्रपति नेपाल आउने बेला पनि यसरी नै विदा गरिने भनिएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार ।