sher-bahadur-dewba

काठमाडौ। नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमण जारी भएकै अवस्थामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।

भारतको गोवामा हुन लागेको इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागिता जनाउन नेता देउवा त्यसतर्फ प्रस्थान गरेका हुन्। तीन दिने भारत भ्रमणमा गएका देउवाले भारतमा भारतीय जनता पार्टीका बुद्धिजीविहरुको संस्था इण्डिया फाउन्डेसनको कार्यक्रमलाई शनिवार संवोधन गर्ने कार्यक्रम रहेको छ।

भारत भ्रमणका क्रममा भारतका महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएका छन्। आइतवार देउवाले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा प्रमुख बक्ताका रुपमा संवोधन गर्नेछन्। देउवाको भारत भ्रमण पछि नेपालको राजनीतिमा तरलता आउने संकेत देखिएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १९ गते शुक्रबार । नेपाल संवत ११३७ कछला पंचमी ।