काठमाडौ । नेपालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण हुने भएको छ। यही कात्तिक १७ गते देखि १९ गतेसम्म हुने भनिएको राष्ट्रपति मुखर्जीको भ्रमणवाट नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल निक्कै प्रभावित हुने देखिएको छ।

pranab-mukherjee-the-president-of-india

तीन दिनसम्मको भारतीय राष्ट्रपति मुखर्जीको नेपालका विभिन्न स्थानका भ्रमणले नेपालको आकाश मात्र होइन, काठमाडौका सडक पनि प्रभावित बन्ने निश्चित जस्तो भएको समाचार स्रोतको भनाई रहेको छ। कतिपय काठमाडौका सडकहरुमा सवारी जाम हुने संभावनालाई नजर अन्दाज गरेर भारतीय राष्ट्रपति आतेजाते गर्ने सडकहरुमा सवारी प्रवेश निषेध गर्ने तयारीमा नेपाल सरकार लागिसकेको छ।

यता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ। सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ।

tribhuwan-international-airport

तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुनेछ। उक्त दिन मुखर्जी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ। जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ। काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार ।