nagarik-abhinandan-1

काठमाडौ। नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजधानी काठमाडौको चावी हस्तान्तरण गरिएको छ। विहीवार साँझ काठमाडौको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहामा काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले चावी हस्तान्तरण गरेका हुन्।

तामाङ्गले काठमाडौ महानगरिपालिकाको कलात्मक चावी हस्तान्तरण गरेको लगतै अभिनन्दन पत्रले पनि राष्ट्रपति मुखर्जीको सम्मान गरेका थिए। अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले ऐतिहासिक र पवित्र सहर काठमाडौंको भ्रमण गर्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए। नेपाल भ्रमणका क्रममा नेपाली जनता र नेपाल सरकारले देखाएको सम्मान र सदासयताप्रति आभार व्यक्त गर्दै उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरे।

nagarik-abhinandan

काठमाडौं राजनीतिक केन्द्रमात्रै नभइ एउटा आध्यामिक सहरसमेत रहेको उनको धारणा थियो। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत पनि सहभागी थिए।
प्रकाशन मिति–२०७३ साल कात्तिक १८ गते विहीवार । नेपाल संवत कछला चौथी ।