काठमाडौ। तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर तथा पोखरा जाने कार्यक्रम रहेकोले काठमाडौमा विहान ९ बजेदेखि ११ बजेसम्म सडक तथा आकाशको उडान प्रभावित बनेको छ।

बुधवार र विहीवार जस्तो काठमाडौमा दिनभर सडक ठप्प तथा अवरोध नभएतापनि विहान ९ बजेदेखि ११ बजेसम्म काठमाडौको बौद्ध, चुच्चेपाटी, चावहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट र तीनकुनेसम्मको सडक सवारी प्रभावित भएको छ। उक्त मार्ग भएर चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

sadak-abarodh-ktm

विमानस्थल भने दुई पटक प्रभावित हुने भएको छ। राष्ट्रपति मुखर्जी जनकपुर जाने र पोखरावाट काठमाडौ आउने बेला दुई पटक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान (नोटाम) जारी भएको छ।

नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ। मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन्। सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १९ गते शुक्रबार । नेपाल संवत ११३७ कछला पंचमी ।