काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता सन्नी देवल र अभिनेत्री हेमा मालिनीले भारतको लोकसभाको चुनाव जितेका छन् । सनी देवलले भारतीय लोकसभा निर्वाचनमा ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्। सनी देवल पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका थिए। उनका निकटतम प्रतिव्दन्दी भारतीय काँग्रेसका सुनिल कुमार जाखारले ४ लाख ७० हजार मत ल्याएका छन् । सनी देवलले ७७ हजार ०९ मतान्तरले चुनाव जितेका हुन्।

त्यस्तै भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनीले प्रतिस्पर्धी आरएलडीका उम्मेदवार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्। हेमा मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्। उनका निकटतम प्रतिव्दन्दी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्। हेमा मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन्।

उत्तरप्रदेशको मथुरबाट हेमा मालिनीले चुनाव जितेकी हुन्। हेमा मालिनी र सनी देवल नातामा आमा–छोरा हुन्। पत्नी हेमा मालिनी र छोरा सनी देवल लोकसभाको चुनावमा जितेकोमा बलिउडकै एकजमानाका ख्यातिप्राप्त अभिनेता धर्मेन्द्रले अत्यन्त खुशी व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ ९ गते विहीवार ।