india-pakistan-war

काठमाडौ। दुई महिनायता भारत तथा पाकिस्तान वीच बढेको दूरी तथा तनावले अन्ततः युद्ध निम्त्याएको छ। सोही युद्धको क्रममा सोमवार भारत र पाकिस्तान वीचको गोलावारीमा परेर भारतीय सेनामा कार्यरत नेपाली युवा मारिएका छन्।

भारतीय समाचार माध्यमका अनुसार,पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा सोमवार दिनभरजसो गोली हानाहान भएको हो। राजोरीको तारकुण्डी, मन्जाकोट र गम्भीर क्षेत्रमा पाकिस्तानी रेन्जरसँग भएको भिडन्तका क्रममा भारतीय बोर्डर सेक्युरिटी फोर्समा कार्यरत नेपालको धरान निवासी २० वर्षीय ‘बहादुर’ राइफलम्यान बिमल तामाङको ज्यान गएको हो।

बिमलले ज्यान गुमाएको मेन्ढर बालाकोटमा गोलाबारीका क्रममा भारतीय सेनाका थप चार जवान घाइते भएका छन्। दुबै घाइते जवानहरुलाई उधमपुरको कमाण्ड अस्पतालमा भर्ती गरिएको छ। यो घटनामा एकजना महिला पनि मारिएकी छन्। यसका अलावा मेन्ढरको बालाकोट गाउँस्थित एलओसीससँगै जोडिएको इलाकामा पाकिस्तान र भारतको तर्फबाट ठू‍लोमात्रामा गोलाबारी भइरहेको छ।

बिमल मारिएकै दिन पाकिस्तानको तर्फबाट अन्य स्थानमा पनि भएको गोलाबारीमा भारतीय सेनाका थप पाँचजना जवान पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १६ गते मंगलवार । नेपाल संवत ११३७ कछला दुतिया ।