kasmir-crimeकाठमाडौ। भारत प्रशासित कस्मिरमा भएको पछिल्लो भिडन्तमा सात चरमपन्थीसहित आठ जनाको मृत्यु भएको छ। सेनाको ब्यारेक नजिक पुन्छ जिल्ला प्रशासन कार्यालयको हातभित्र चरमपन्थी प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयको हातामा चरमपन्थी प्रवेश गरेपछि सेनाले गोली चलाएको थियो। मारिने चरमपन्थीको पहिचान खुल्न सकेको छैन। चरमपन्थीसँगको भिडन्तमा एक प्रहरीको समेत मृत्यु भएको छ भने एक घाइते भएका छन्। कुपवाडा जिल्लाको नौगाम सेक्टरमा घुसपैठ गर्न खोज्ने तीन चरमपन्थीको मृत्यु भएको छ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने चरमपन्थीको प्रयासलाई असफल पारिदिएको भारतीय सेनाले जनाएको छ। हिज्बुला मुजाहिदिनका कमाण्डर बुरहान बानी मारिएपछि चर्केको हिंसाले उग्र रुप लिएपछि कश्मिर तनावग्रस्त बनेको छ।

तनावकै कारण विगत दुई महिनादेखि कफ्र्यु जारी रहँदै आएको छ। कस्मिरमा पछिल्ला ६५ दिनमा अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ । घटनामा १० हजार घाइते भएका छन् । प्रहरीले साढे ५ हजार सुरक्षाकर्मी पनि प्रदर्शनका क्रममा घाइते भएको जनाएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार