KP Oli in Talk progm 1काठमाडौ। ब्रसेल्समा संपन्न भारत–ईयु सम्मेलनपछि जारी संयुक्त बक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै समयभित्र विवादित विषय मिलाउनु पर्ने भनेर उल्लेख गरेपछि नेपालले कुटनीतिक आपति जनाएको छ। अर्काको मुलुक भित्रको आन्तरिक विषयलाई लिएर अनावश्यक रुपमा वक्तव्य जारी नगर्न भनेर परराष्ट्र मन्त्रालयले गंभीर ध्यानाकर्षण गरेको लगतै काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खुलेरै त्यसकार्यको आपति जनाएका छन्।

अन्तरराष्ट्रिय सरोकार केन्द्रले विहीवार काठमाडौको लैनचौर स्थित मल्ल होटलमा आयोजित प्रधानमन्त्रीको चीन भ्रमण विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्न भारत र युरोपेली युनियन ईयुलाई चेतावनी दिएका छन्। नेपालको आन्तरिक मामिला सुल्झाउन नेपाल आफै सक्षम रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमिकतालाई सम्मान गर्न पनि आग्रह गरे ।

KP Oli in Talk progm 2कार्यक्रममा नेपालको लागि चीनका राजदूत वु चुन्थाइले चीनले सधै नेपालको सार्वभौमसत्ता,भौगोलिक अखण्डता र विकासका लागि जनताले रोजेको बाटोको सम्मान गर्ने गरेको बताए। भूकम्पपछिको नेपालको पूनःनिर्माणमा चीनको सहयोग रहने प्रतिवद्धता पनि राजदूत वु चुन्थाइले जनाए। परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीको चीन भ्रमण सन्दर्भमा नेपाल–चीन संवन्ध नयाँ मार्ग तथा संभाव्यता विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्रीको चीन भ्रमणवाट नेपाल र चीन वीच पारवहन संझौता हुनु र अन्य बहुआयामिक क्षेत्रहरुमा चीनले सहयोग बढाइने प्रतिवद्धता आउनु महत्वपूर्ण उपलव्धी हो भनेका छन्।

KP Oli in Talk progm 1

श्रेष्ठको कार्यपत्रमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले टिप्पणी गरेका थिए। टिप्पणीमा पौड्यालले प्रधानमन्त्री ओलीले चीन भ्रमणको बेलामा इन्धन संझौता गर्न हतार नगर्नु उपलव्धीमूलक नभएको भनेका छन्। उनले इन्धन संझौता नेपालको लागि अत्यावश्यक भएको टिप्पणी गरेका छन्।

KP Oli in Talk progm 3

कार्यक्रमको आयोजक अन्तरराष्ट्रिय सरोकार केन्द्रकी अध्यक्ष डा.अन्जान शाक्यले स्वागत भाषण गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल र चीन संवन्धमा अझ निकटता तथा संभाव्यताका मार्गहरु खोलेको बताएकी छन्। नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठले नाम चीनको काजी भएतापनि पहिलोपल्ट प्रधानमन्त्री ओलीका साथमा चीनको भ्रमणमा जांदा चीनको बैभव र आतिथ्यतावाट आफू निक्कै प्रभावित भएको भने।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, एमाओवादीका राम कार्की लगायतले प्रधानमन्त्रीको चीन भ्रमण संवन्धमा आ–आफ्ना धारण प्रस्तुत गरिएको उक्त कार्यक्रममा आयोजक अन्तरराष्ट्रिय सरोकार केन्द्रका केन्द्रिय सदस्य लोकमान्य गोल्छाले धन्यवाद व्यक्त गरेका थिए।
प्रकाशन मिति–२०७२ साल चैत्र १८ गते विहीवार ।