काठमाडौ।नेपालका मल्टी–ट्यालेन्टेट गायक जोहेब मानन्धर भारी फेसन–शोमा सम्मानित बनेका छन्। ज्वज्वल्पा फेसन–रनवे २०१८ ले काठमाडौमा आयोजना गरेको भव्य फेसन–शोमा गायक मानन्धरलाई सम्मान गरेको हो।

फेसन–शोमा गायनको शो–टपर नै देखिएका गायक मानन्धरले फेसन–शोको र्याम्पमा गायनको बेजोड प्रस्तुति प्रदान गरेर सवैको वाहवाही लुटेका थिए।

क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र ज्वज्वलपा कलेक्सनको आयोजनामा आयोजित ज्वज्वलपा रनवे २०१८ मा दर्जनौ व्यावसायिक मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेका थिए।

साथमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडलहरुकी गुरुआमा बरिष्ठ कोरियोग्राफर जयन सुब्बा मानन्धर शोज-टपर्सका रुपमा प्रस्तुत भएका थिए। डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा फेसन–शो भएको हो।

सम्मानित गायकजोहेब मानन्धरका अलावा रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डे, दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायतले आ–आफ्ना प्रस्तुति पस्केका थिए।
प्रकाशन मिति–२०७५ साल भदौ ३ गते आइतवार ।