Kamala Shrestha with Progm Presenter Shyam Smrit.
Kamala Shrestha with Progm Presenter Shyam Smrit.

काठमाडौ। विगत तीन बर्षदेखि अनलाइनको क्षेत्रमा निरन्तर प्रकाशित समाचार तथा मनोरञ्जनको बेग्लै न्यूज पोर्टल भिजन संसार डटकमले रेडियो कार्यक्रम पनि प्रारम्भ गरिएको छ। सकारात्मक सोच र सही पहिचानको नारा सहित कार्यक्रम ग्लेमर संसारको प्रसारण प्रारम्भ गरिएको छ।

Glories Kamala Shrestha.
Glories Kamala Shrestha.

जुनसुकै क्षेत्रका सामाजिक पहिचान बोकेका लब्ध–प्रतिष्ठित व्यक्ति–विशेषका जिन्दगीका कथा यस कार्यक्रममा सुन्न सकिन्छ। ती व्यक्ति विशेषका सकारात्मक सोच र उनको पहिचानरुपी जिन्दगीका लाइफ, लक र लब रमाइलो तौर–तरीकाले सुन्न सकिन्छ। भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतका साथमा तपाईहरु अव हरेक हप्ता फरक व्यक्तिका फरक जिन्दगी सुन्न सकिन्छ। जुन जिन्दगीका सवैका लागि प्रेरणादायी हुने गर्दछ।

Present time in Kamala Shrestha
Present time in Kamala Shrestha
Kamala Shrestha News reading in Himalaya Television
Kamala Shrestha News reading in Himalaya Television

भिजन संसारको पहिलो प्रस्तुतिका रुपमा १२ बर्षको उमेरमा डरलाग्दो करेन्ट दूर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाएकी प्रतिभाशाली गायिका तथा समाचारबाचिका कमला श्रेष्ठको प्रेरणादायी जिन्दगीका कथा सुन्न सकिन्छ। सुनौ–प्रतिभाशाली गायिका तथा समाचारबाचिका कमला श्रेष्ठको जिन्दगीको प्रेरणादायी कथा!

प्रकाशन मिति–२०७३ साल पुस २४ गते आइतवार ।