काठमाडौं। नेपाल चलचित्र कलाकार संघले ३२ औं स्थापना दिवस मनाएको छ। काठमाडौं धुम्वाराहीमा आयोजित समारोहमा नेपाल चलचित्र कलाकार संघले ३२ औ स्थापना दिवस मनाएको हो।

स्थापना दिवसमा संघले नेपाली चलचित्रका अशक्त अभिनेता पवन मैनालीलाई विशेष सम्मान गरिएको छ। नगद सहित अभिनेता मैनाली लगायत अभिनेत्री प्रिया रिजाल, चरित्र अभिनेता बीबी केसी सहित एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको थियो।

सम्मान पश्चात कपन स्थित निवासमा फर्कने क्रममा अभिनेता मैनाली निक्कै खुशी र गंभीर दुवै देखिएका थिए। पवन मैनाली अशक्त भएको धेरै बर्ष भैसकेको छ।

एक दशक अगाडि सर्लाहीमा मोटरसाइकल दूर्घटनामा परेर अभिनेता मैनाली अशक्त बनेका थिए। चलचित्र पिंजडा निर्माण गरेर नेपाली चलचित्र उद्योगमा एक्सन हिरो निखिल उप्रेतीलाई स्थापित गराउने कार्यमा अभिनेता मैनालीको धेरै हात रहेको छ।

प्रकाशन मिति–२०७६ साल भदौं २३ गते सोमवार ।