काठमाडौ। नेपालमा नेपालीहरुले प्रायः भित्री वस्त्र छनोट गर्दा त्यति ध्यान नदिने गरेको देखिएको छ। भित्री बस्त्रलाई आफ्नो शरीरको नापअनुसारको छनौट नगरिदा त्यसवाट स्वास्थ्यमा अनेक समस्या आउने गरेको पाइएको छ।

अर्कोतर्फ बाहिरी बस्त्र फिटिङमा लगाउने नेपालीहरु भित्री बस्त्रचाहिँ जे भएपनि हुने सोच राख्ने भएकोले विभिन्न समस्या उत्पन्न हुने गरेको पाइन्छ। भित्री बस्त्रको शरीरअनुरुपको छनौट नहुंदा शरीर असामान्य हुने तथा रक्त संचार लगायतका कार्यमा विविध बांधा उत्पन्न हुने स्वास्थ्यविज्ञहरुको भनाई रहेको छ।

यसलेगर्दा बाहिरी वस्त्र छनोटमा हामी जति सचेत हुन्छौँ, स्वास्थ्यका हिसाबले भित्री वस्त्रको छनोट गर्दा पनि उत्तिकै सचेत हुन जरुरी छ। पुरुषको तुलनामा महिलाहरू यस विषयमा बढी सचेत हुनुपर्छ । विशेषगरी, महिलाले ब्रा र पेन्टीको खरिद गर्दा त्यसको गुणस्तर र शारीरिक बनोटमा ध्यान पु-याउनुपर्ने हुन्छ।

महिलाले स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाउने गर्दछन्। तर, अधिकांश महिलाले विचार नै नगरीकन ब्रा किन्ने गर्दछन्। कतिपय अवस्थामा ब्राकै कारणले शरीरमा अप्ठ्यारो भए पनि त्यति चासो देखाउँदैनन्। जसले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ।

 ब्रा गुणस्तरीय हुनुपर्दछ। शरीरमा मिल्ने आकारको हुनुपर्दछ। साइज नमिल्ने ब्राले स्तनलाई अड्याउँदैन्, जसका कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ। यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोक्नुका साथै घाँटीको मांसपेशीमा बढी भार पर्दा टाउको दुख्नेसमेत हुन्छ। साइज नमिल्दा अर्थात् बढी कसिलो ब्राले छातीवरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ। अतः भित्री वस्त्र खरिद गर्दा निम्न कुराहरुमा ध्यान दिनैपर्छ-

सुतीको पेन्टी-सुती कपडा छालामैत्री हो । अतः पेन्टी जस्तो भित्री वस्त्रका लागि सूती नै सहि छनौट हुनसक्छ । यद्यपि सिल्क वा सिन्थेटिक कपडाको पेन्टी बढि सेक्सी देखिन्छ । तर, यस्तो पेन्टीमा हावा पस्दैन । यसले छालाको रोग वा इन्फेक्सनको खतरा बढ्छ । यदि सिन्थेटिक कपडाकै पेन्टी किन्नु छ भने त्यो पेन्टी किन्नुस जसको भित्रपट्टकिो लाइनिङ सूतीकै होस ।

सही नाप-पेन्टी ठूलो भयो भने हिँडडुल गर्नै असहज हुन्छ । अर्कोतर्फ धेरै कसिलो पेन्टी पनि असजिलो हुन्छ । साथै छालामा रगडिन्छ पनि । त्यसैले पेन्टी किन्दा नापमा ध्यान दिनुपर्छ । सामान्यतया पेन्टीको साइज आफ्नो ब्राको साइजभन्दा ठूलो हुनुपर्छ ।

सेतो पेन्टी सर्वोत्तम-रंगविरंगी पेन्टी हेर्दा आकर्षक त देखिन्छन् तर, कपडाको रंगले मुलायम त्वचालाई हानी पुर्‍याउने चिकित्सकहरु बताउँछन् । त्यसैले सेतो पेन्टी नै सर्वोत्तम हुन्छ ।

सेपवेयर पेन्टी-पाताले कम्मर र सुडौल शरीर देखाउने लोभमा महिलाहरु सेपवेयर लगाउँछन् । तर, यसबाट पनि विभिन्न समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् । सेपवेयरले शरीरको मासुलाई दबाएर राख्छ । धेरै बेरसम्म यसो गर्दा पित्त, अम्ल, प्रतिवाह आदि समस्याहरु हुन सक्छन् । यसलाई कहिलेकाहीँ मात्रै लगाउनु र चाँडै खोल्नु उचित हुन्छ ।

वर्कआउटको समय-व्यायाम गर्ने समयमा पनि आफ्नो पेन्टीमा ध्यान दिनुपर्छ । गलत कपडाको वा गलत नापको पेन्टीले तपाईंको पसीना सोस्न असमर्थ हुन्छ, जसले गर्दा ब्याक्टेरिया जन्मने सम्भावना हुन्छ । व्यायामपछि पेन्टी चाँडोभन्दा चाँडो बदल्नुपर्छ । पेन्टीले सोसेको पसिना चाँडै सुक्न सम्भव हुँदैन । त्यसैले यसलाई लामो समयसम्म लगाउँदा छालालाई हानी गर्न सक्छ ।

स्त्रीरोग विशेषज्ञको राय –महिलाहरुले पेन्टी धुने बेला यसलाई राम्रोसँग नियाल्नुपर्छ । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ । साथै पेन्टी धुने डिचर्जेन्ट कुनै रंग वा वास्नारहित हुनुपर्ने डाक्टरहरु बताउँछन् ।

राति सुत्दा पेन्टी नलगाउनुस-जो महिलाहरुले सारा दिन बाँधिएको कपडामा बिताउनुपर्छ, उनीहरुले रातमा पेन्टी नलगाउनु उचित हुन्छ । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।

पेन्टी नलगाउँदा के हुन्छ ? आजकाल केही महिलाहरु पेन्टी नै नलगाई पनि हिँड्छन् । यसो गर्नु पनि उचित होइन । पेन्टी नलगाउँदा तपाईंको नितम्बको मासु झोल्लिएर शरीरको सेप बिगि्रन सक्छ । साथै पेन्टी लगाउँदा तपाईंको गोप्य अंगको पनि सुरक्षा हुन्छ ।

पेन्टी कहिले बदल्ने ? महिलाहरु बदलिदो फेसनअनुसार आफ्नो कपडा-जुत्ता आदि बदलिरहन्छन् । तर पेन्टीमा खासै ध्यान दिँदैनन् । पुरानो पेन्टीले नै काम चलाउँछन् । तर धेरै पुरानो पेन्टी लगाउँदा अनेक समस्याहरु आउन सक्छन् । त्यसैले इलास्टिक लुज हुनुभन्दा अगाडि नै पेन्टी बदल्नु राम्रो हुन्छ ।

प्रकाशन मिति–२०७५ साल असोज २५ गते विहीवार ।