Rajesh Hamal's Bhim Tuladhar sanjha 2काठमाडौ। पचासको दशकका चर्चित पप गायक भीम तुलाधरको एकल गायन कार्यक्रम संपन्न भएको छ।

पन्ध्र बर्षको लामो अन्तराल पश्चात गायक तुलाधरको एकल गायन सांझ काठमाडौको महाराजगञ्जस्थित रोयल क्याफेमा शनिवार संपन्न भएको हो।

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमंत्री पूर्णवहादुर खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक तुलाधरले पचासको दशकका चर्चित गीतका अलावा नयाँ गीत गाएर पनि स्रोता तथा दर्शकलाई मनोरंजन दिएका थिए। उही कालो चश्मामा सजिएर पुरानै जोशमा देखिएका गायक भीम तुलाधरको त्यो जोशमा कुनै कमी देखिएन।

Rajesh Hamal's Bhim Tuladhar sanjha 3सोही कार्यक्रममा आयोजक रिभेल इभेन्टले एक दर्जन कलाकारहरुलाई उनीहरुको योगदानको कदर गर्दै सम्मानित गरेका छन्। रिभेल इभेन्टवाट सम्मानित हुने कलाकारहरुमा बबिन प्रधान, भीम तुलाधर, देव राना, ज्योति घिमिरे, राजु हमाल, विजय गुरुङ्ग, संजय श्रेष्ठ, हरिशरण लामिछाने, तिलकबम मल्ल, शिवहरि नेपाल, देवीराम पराजुली भोक लाग्यो र रामेश्वर श्रेष्ठ रहेका छन्। आयोजक रिभेल इभेन्टका अध्यक्ष तथा सीइओ गायक राजेश हमालले रिभेलको गौरबमय परम्पराअनुरुप भीम तुलाधर एकल सांझ गरिएको तथा प्रतिभावान कलाकाहरुलाई सम्मान गरेको बताए।

Rajesh Hamal's Bhim Tuladhar sanjha 1कार्यक्रम अवधिभर प्रमुख अतिथि पूर्व गृहमंत्री खड्का बसेर कार्यक्रमको बेग्लै रौनकता प्रत्यक्ष हेरेका थिए। नेपाली राजनीतिमा धेरै व्यस्त बनिरहने नेता खड्का मज्जाले कार्यक्रम हेर्न व्यस्त बनेका थिए। कार्यक्रम अवधिभर बसेर कार्यक्रमको रौनकता बढाइदिएकोमा आयोजक कंपनीकोतर्फवाट गायक हमालले पूर्वमन्त्री खड्कालाई पनि सम्मान प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७३ साल जेठ १० गते सोमवार ।