काठमाडौं। नेपालका ख्यातिप्राप्त वरिष्ठ पप गायक भीम तुलाधरको गज्जबमय विलकुलै नयाँ गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

मंगलवार जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपाली संगीतका पप सम्राट वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गरेपछि सार्वजनिक भएको हो।

गायक तुलाधरले आफुले निकै मेहनत लगाएर गीत बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताएका छन्।

म्यूजिक भिडियोको परिकल्पना तथा निर्देशन रवि सायमीले गरेका छन्। भवानी शिलाकारको छायाङ्कन निर्देशनमा ड्रोन पाइलट प्रशन्न महर्जनले ड्रोन चलाएर भिडियोलाई एडभेन्चर वनाउने कार्य पनि भएको छ।

निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले भिडियोमा अभिनय गरेका छन्।

प्रकाशन मिति–२०७८ साल जेठ १८ गते मंगलवार ।