काठमाडौं। ललितपुर जिल्लाका रमणिय दक्षिणी भेगमा अवस्थित खोकना विशुद्ध ऐतिहासिक सांस्कृतिक नगरी हो। सांस्कृतिक सिल्पी कला र संस्कृतिको अपार धनी नेवार सम्प्रदायको बाँक्लो बस्ती रहेको यस खोकना नगरीकोको प्राचिन नाम जितापुर नगर हो। हाल यो नगर बस्ती ललितपुर महानगरपालिका वडा नंबर २१ मा गाँभिएको छ।]

ललितपुर महानगरपालिकाको प्राचिन ऐतिहासिक सांस्कृतिक नगरीको रुपमा शान तथा गौरब कायम गरेर खोकना आफ्नै सुर तथा तालमा रमाएको पाइन्छ। त्यसमाथि, यो नगरी भुटेको तोरीको तेलको लागि प्रसिद्ध नगरी नै हो। भुटेको तोरीको तेलको लागि यहाँ टाढा–टाढावाट आउनेहरुको कुनैबेला कमी थिएन। कृषि पेशा वाहेक यो नगरीको अर्को पेशा भनेको भुटेको तोरीको तेल नै हो।

कालान्तरमा तोरीको अभाव तथा नयाँ पुस्तामा यस पेशाप्रति आकर्षण कमी हुंदैगएपछि दर्जनौको संख्यामा रहेको भुटेको तोरीको तेलको मिल अव खोकनामा चारवटामा सिमित हुन पुगेको छ।  ७२ बर्षिय बुलाल महर्जनको पुस्तेनी पेशा नै भुटेको तोरी मिल हो। अझैपनि बुलाल महर्जन भुटेको तोरी मिलमा रमाइरहेका छन्।

सुत्केरी तथा नवजात शिशुलाई तेल मालिस गर्न तथा तरकारीमा मिठो स्वादका लागि खोकनाकै भुटेको तोरीको तेल नभइकन नहुने भएकोले टाढा टाढादेखि खोकना आउने गरेको त्यो गर्बिलो इतिहास बुलाल महर्जन सगौरब सुनाउंछन्। त्यो अतितमा रसायनयुक्त अनेक खानेतेलले कब्जा जमाइसकेको अवस्थामा पनि खोकनाको भुटेको तोरीको तेलको महत्व घटेको छैन्। अझ बृद्धि भैरहेको कसैको दुई मत नहोला।

खोकनाका तन्नेरीहरुले यो पेशालाई अझ परिस्कृत गरेर लाने हो भने, यो पेशाको सबलिकरण हुने खोकनाको शान तथा गौरब बहुमुखी प्रतिभाका धनी स्वतन्त्र महर्जनको भनाई छ। नयाँ पुस्ताले पुर्खाको यो गौरबमय शानलाई पेशाको रुपमा अवलम्बन गर्नुपर्ने जिकिर पनि स्वतन्त्र महर्जनको रहेको छ।

विगत दुईबर्षअघि मात्र पश्चिम नेपालको बर्दियावाट खोकनामा आएर सिकाली बहुउदेश्यीय भुटेको तोरीको तेल मिलमा तेल मजदुरका रुपमा कार्यरत श्यामवहादुर गुरुङ भने यसैमा रमिरहेका छन्। सामान्य तेल मजदुरका रुपमा प्रवेश पाएका गुरुङ प्राचित परम्परागत भुटेको तोरीको तेल उत्पादन गर्ने सिपालु मजदुर बनिसकेका छन्।

खोकनाको गौरबमय भुटेको तोरीको तेल मिलवाट धानिएको जिन्दगी भएको कारण यो स्थानवाट अन्यत्र जाने उनको रहर छैन। गुरुङको जस्तै खोकनाका युवा पुस्तामाझ यस्तै आकर्षण बृद्धि हुदैगएमा निश्चित रुपमा खोकनाको ख्यातिमय भुटेको तोरीको तेलको गौरबतामा नयाँ आयाम थप्ने छ।

प्रकाशन मिति–२०७६ साल फागुन १३ गते मंगलवार ।