Bhuwan KC with Bijaya KCकाठमाडौ। चर्चाको लागि जे पनि गर्ने र गराउने अभिनेताको रुपमा नेपाली चलचित्रमा निक्कै ख्याति कमाएका सुपरस्टार भुवन केसी यतिखेर फेरि चर्चाको शिखरमा रहेका छन्। अभिनेता केसीले निर्माण तथा निर्देशन गरेको पछिल्लो चलचित्र ड्रिम्सको प्रदर्शनको क्रममा अष्ट्रेलिया तथा बेलायत पछि हाल अमेरिका पुगेका उनले त्यहाँवाट पहिलो श्रीमती विजया मल्लसंग बसेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर जेठीसंगको संवन्ध सुधार भएको संकेत दिएका छन्।

विजया मल्ल लामो समयदेखि अमेरिकामा बसोबास गर्दैआएकी छन्। अमेरिकामा रहेकी जेठी पत्नीलाई खुशी बनाउने सोचमा अभिनेता केसीले त्यसो गरेको हो कि भन्ने आशंका गरिएको छ। त्यसमा उनको व्यापारिक स्वार्थ भएर पनि त्यसो गरिएको होला भन्ने एकथरिको आँकन रहेको छ। भुवन केसी भने दुईवटा भए पो कान्छी र जेठीको कुरा आउंछ–मेरो त एउटी मात्र छिन–तिनी यिनै विजया हुन भनेर भन्ने कार्य पनि उनीवाट भएको छ। यसको मतलव भुवनले जेठी श्रीमतीसंग कान्छी सुस्मितासंगको जस्तो अदालती रुपमा डिभोर्स नभएकोले एकमात्र भनेको हुनुपर्ने भन्नेहरु पनि पाइएको छ।

Bhuwan KC with Sushmita KC

सात बर्षअगाडि विधिवत रुपमा काठमाडौ जिल्ला अदालतमा डिभोर्स गरेकी भुवनको कान्छी पत्नी सुस्मिताले डिभोर्स पश्चात माइतिको थर सुस्मिता बमजन लेख्दैआएकीमा केही महिना यता भुवनकै थरमा फर्केकी छन्। हाल सुस्मिताले आफूलाई सुस्मिता केसी नै भनेर लेख्न थालेकी छन्। सुस्मिता आफैले निर्माण गरेको चलचित्र म त तिम्रै हुं नै रिलिजको तर्खरमा रहेकी उनले चमत्कारिक रुपमा सुस्मिता केसी लेख्न थाल्नुको पछाडि कतै भुवनको जस्तो व्यापारिक उदेश्य पो हो कि भन्ने अर्को आशंका गरिएको छ।

सुस्मिता बमजन भनेर भनेपछि प्रायले नचिन्ने हुने भएकोले भुवनकै थरमा फर्केपछि पहिला जस्तै चिन्ने सोचमा त्यसो गरेको हुनुपर्ने भन्नेहरु पाइएको छ। अर्कोतर्फ सुस्मिताको तर्फवाट जन्मेका छोरो अनमोल केसी पनि बाउ भुवन केसी जस्तै चम्किन थालेपछि छोरोकै कारण फेरि सुस्मिताको भुवनसंगको संवन्धमा सुधार आएको हो कि भन्नेहरु पनि पाइएको छ। भुवनले विजयाको बारेमा मुख खोलेपछि सुस्मितासंगको संवन्धको बारेमा खोलेका छैनन्। त्यसैले पछि सुस्मिताको चलचित्र म त तिम्रै हुं चलाउने नाममा भुवनलाई आफू भुवनकै हुं भन्ने सन्देश दिन खोजेको जस्तो देखिएको छ।
प्रंकाशन मिति–२०७३ साल असार १० गते शुक्रबार ।