काठमाडौ । भूकम्पपीडितले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सरकारी अनुदान लिन अनिवार्य रूपमा सोलारबत्ती जडान गर्नुपर्ने भएको छ । अनुदान वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै सरकारले सोलार जडान गरे मात्र अनुदान दिने निर्णय गरेको हो । भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि २०७२’ लाई गत साताको मन्त्रिपरिषद् बैठकले संशोधन गरी सौर्य ऊर्जालाई प्रवद्र्धन गर्न सरकारले अनुदान लिन सोलारबत्ती जडान अनिवार्य गरेको छ । सौर्य जडानका लागि पनि सरकारले अनुदान दिनेछ।

Page No.4- Bhukampa Pidit Anudan pauna Solar

कार्यविधिको १२ नम्बर बुँदामा भनिएको छ, ‘यो कार्य्िवधिअनुसार अनुदान प्राप्त गरी आवासरभवन निर्माण गर्ने लाभग्राहीले न्यूनतम १० वाटको सोलारबत्ती जडान गर्नुपर्नेछ। सोलारबत्ती जडान गर्ने कार्य वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग र समन्वयमा गरिनेछ ।’ सोलारबत्तीमा कति अनुदान दिने त्यसको विस्तृत कार्यविधि भने निर्माण भइसकेको छैन। त्यस विषयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले निर्णय गर्ने सहरी विकास मन्त्रालयका उपसचिव सुमन सालिकेले बताए।

पहिला चार किस्तामा दुई लाख अनुदान दिने निर्णय भएकोमा संशोधन गरी अब तीन चरणमा दिने भएको छ । सुरुमा २५ प्रतिशत, त्यसपछि ५० र अन्तिममा २५ प्रतिशत अनुदान दिइने कार्यविधिमा उल्लेख छ । भूकम्पपीडितले पहिलो किस्ता नगदै लिन पाउनेछन् । दोस्रो र तेस्रो किस्ता भने अनिवार्य रूपमा बैंक खातामा मात्र सरकारले दिनेछ । त्यसका लागि सबै भूकम्पपीडितले बैंकमा खाता खोल्नुपर्नेछ । सुरुमा ५० हजार, जग राखेपछि एक लाख र छाना राखेपछि बाँकी ५० हजार भूकम्पपीडितले पाउनेछन्। अनुदान पाउन सरकारले बनाएको डिजाइनको नमुनाअनुसार घर बनाउनुपर्ने हुन्छ।

आवास निर्माणमा दुई लाखभन्दा धेरै लागेमा लागत सर्वसाधारणले नै व्यहोर्नुपर्नेछ । उनीहरूले तीन लाख रुपैयाँसम्म सामूहिक जमानीमा सहुलियत कर्जा पाउनेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत केन्द्रीय आवास पुनर्निर्माण निर्देशक समितिको संयोजक हुनेछन्। जसमा सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र गृह मन्त्रालय, विपद् व्यवस्थापन महाशाखाका सहसचिव सदस्य हुनेछन्।

सहरी विकास मन्त्रालयका सहसचिव उक्त समितिको सदस्यसचिव हुने कार्यविधिमा उल्लेख छ । सौर्य ऊर्जा प्रवद्र्धन गर्न अनुदान सौर्य ऊर्जा प्रवद्र्धन गर्न सरकारले आवास निर्माण गर्दा सोलारबत्ती जडान गरे मात्रै भूकम्पपीडितलाई अनुदान दिने निर्णय गरेको छ । ‘भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि २०७२’ संशोधन गर्दै सरकारले सोलार जडान गरे मात्र अनुदान दिने निर्णय गरेको हो।

प्रकाशन मिति–२०७२ साल पुष २२ गते बुधबार ।