teaching-hospitalकाठमाडौ। गत २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी मृत्यु भएका त्रिविवि शिक्षण अस्पताल परिसरमा गाडिएका ३२ शवको सनाखत हुन अझै बाँकी रहेको खुलासा भएको छ।

३२ शवको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा गाडिएको छ । सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा.हरिहर वस्तीले बताएका छन्।

कुनै पनि समयमा आफन्तहरू शव खोज्न आए दिन मिल्ने गरी गाडिएको डा.बस्तीको भनाइ रहेको छ । विभाग अगाडिको खाली आठ आना जग्गाको एक छेउमा अंग्रेजी अक्षरको एल आकारमा ३२ शव गाडिएको डा.बस्तीले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।