Bhukampa mapकाठमाडौ। आइतवार मध्यराति ११ बजेर ५५ मिनेट गएको अवस्थामा भूकम्पको कडा धक्का महशुश गरिएको छ। काठमाडौ उपत्यका लगायत पोखरामा समेत धक्का महशुश गरिएको अमेरिकन भूगर्भ विभागले पुष्टि गरेको छ।

गोरखा केन्द्रविन्दू बनाएर करिब ६ सेकेण्डसम्मको उक्त भूकम्प ५.५ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार गोरखाको पाँच खुवा देउरालीलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पले मध्यनेपाललाई पूरै हल्लाएको थियो।

पृथ्वीको सतहभन्दा १९ किलोमिटर तल गएको भूकम्पले नेपालको मध्यभाग काठमाडौं उपत्यका, पोखरा र बुटवलसम्म धक्का दिएको छ। भूकम्प मापन केन्द्रका अनुसार वैसाख १२ पछि गएको यो ४३१ औ परकम्प हो । यसअघि अाइतबार बिहान नुवाकोट केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको थियो।

प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।