काठमाडौ। भूकम्प कहाँ र कतिखेर आउछ र जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन्त। यो अवस्थावाट मुक्ति दिलाउने कोशिश चीनका बैज्ञानिकहरुले गर्दैछन्। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ।

Earthquake in Dolakha

चीनले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका संकेतहरु प्रवाह गर्दछ। भूउपग्रहबाट आउने सूचनाबाट सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सकिने चीनको विश्वास छ। उक्त भूउपग्रहले इलेक्ट्रोम्याग्नेटिक डाटा संकलन गर्ने जनाइएको छ ।

EarthQuake wave

चीनिया अधिकारीहरुका अनुसार यसै वर्षको मे महिनासम्म यो उपग्रह प्रक्षेपण गरिने छ ।यसले चीन र आसपासका क्षेत्रमा भूकम्प जाने समयको अनुगमन गर्न मद्दत पुग्ने जनाइएको छ । यसले चीनको छिमेकी मुलुक भएको नाताले नेपाललाई पनि फाइदा हुन जाने देखिएको छ। भूगर्भसम्बन्धमा जानकारी लिने प्रयोजनका लागि पहिलोपटक चीनले अन्तरिक्षमा भूउपग्रह पठाउने भएको हो।

Pawan Joshi's Earthquake film shooting 6

 

यो अभियानका उपप्रमुख शेन शुईका अनुसार यो भूउपग्रहले आगामी पाँच वर्षसम्म आफ्नो कक्षमा रहेर भूकम्पसम्बन्धी इलेक्ट्रो म्याग्नेटिक अवस्थाको रेकर्ड गर्नेछ । यसले ६ म्याग्निच्यूड वा सो भन्दा बढी तीव्रताका भूकम्पबारे पूर्वजानकारी दिनेछ ।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।