NIkhila Upreti going USA 2काठमाडौ। नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेती शुक्रबार अमेरिका प्रस्थान गरेका छन्। अमेरिकामा निखिल उप्रेती निर्मित बहुचर्चित चलचित्र भैरबको प्रदर्शनको क्रममा निखिल त्यसतर्फ प्रस्थान गरेको जानकारी भिजन संसारलाई निखिलका स्वकीय सचिव मिलन सुवेदीले बताए।

निखिललाई काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वकीय सचिव सुवेदी लगायतले विदाई गरेका थिए। अमेरिकाका विभिन्न शहरमा निखिलको प्रत्यक्ष सहभागितामा चलचित्र भैरब प्रदर्शन गरिने भएको छ।

NIkhila Upreti going USA 1

यो बर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रको व्यापारमा निखिल उप्रेती निर्मित तथा निर्देशित र अभिनित चलचित्र भैरबले अग्रता लिएको थियो। भारतको नाकाबन्दी र मधेश आन्दोलनको कारण मधेश–तराईका जिल्लाहरुमा चलचित्र भैरब रिलिज गर्न बाँकी नै रहेको निखिल स्वकीय सचिव सुवेदीले भनेका छन्। मधेश–तराईको कथावस्तुमा नै आधारित चलचित्र भैरब उत्कृष्ट चलचित्रको रुपमा लिइएको छ।

प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।