yeti-airlines1काठमाडौ। यती एयरलाइन्सको विमान शनिवार भैरहवामा अवतरणको क्रममा दूर्घटनामा परेको छ। २९ जना यात्रु तथा ३ चालक दलसहित ३२ जनालाई लिएर काठमाडौवाट भैरहवा उडेको उक्त यति एयरलाइन्सको विमान भेरहवा विमानस्थलमा अवतरण भएपछि रन–वेबाट २ सय ५० मिटर पर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।

yeti-airlines2

भैरहवा स्थित जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरवहादुर पाण्डेका अनुसार अपरान्ह ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण हुने क्रममा त्यस दूर्घटना हुन पुगेको हो। घाँसे मैदानमा स्किड भएपछि गुडन नसक्ने भएपछि दूर्घटना भएको बताइएको छ। विमानको तीनवटै पांग्रा पड्केको छ।

yeti-airlines3

दूर्घटनावाट यात्रु तथा चालकदल सवै सकुशल भएको र कुनै मानविय क्षति नभएको भैरहवा प्रहरीले जनाएको छ। सवै भगवानलाई धन्यवाद दिदै आ–आफ्ना गन्तव्यमा लागिसकेको पनि प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।