काठमाडौं। विगत २१ दिनदेखि काठमाडौं उपत्यकामा जारी लकडाउनले गर्दा धेरैजना भोक भोकै परेको व्यापक गुनासो आउन थालेपछि हामी नेपाली ग्लोबलले भोकालाई निःशुल्क भोजन गराउने मानव सेवा गरेको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा लकडाउनको मारले भोका परेकाहरुलाई विहीवार निःशुल्क भोजन गराउने कार्य भएको हो।

काठमाडौंको बालाजु पुलदेखि डल्लु पुलसम्म र हनुमानढोका दरवार स्क्वायर क्षेत्रमा रहेका २ सयजना भोका विपन्नहरुलाई निःशुल्क भोजन गराउने कार्य भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भिजन संसार डटकमलाई वताएका छन्।

जसमा मनिष ज्वारचन, निरञ्जन शमार्, शोभी योञ्जन, चायन एण्ड महेन्द्र ज्वारचन र उर्गेन शेर्पाको सहयोग तथा साथ रहेको पनि हामी नेपाली ग्लोबलले जनाएको छ।
प्रकाशन मिति–२०७८ साल जेठ ६ गते विहीवार ।