काठमाडौं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गापाल गाउँपालिका ३ भोटाङ स्थित भोटाङदेवी माध्यममिक विद्यालयमा तीन दिने आधारभूत शिक्षण तालिमको समापन भएको छ। इसिएलएफ नेपालको आयोजनामा भोटाङ माध्यममिक विद्यालयमा तीन दिने आधारभूत शिक्षण तालिमको समापन भएको हो।

आधारभूत शिक्षणलाई गुणात्मक सिकाइ बनाउने प्रमुख लक्ष्य राखेर आयोजना गरेको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं फेलोसिपले सहयोगात्मक कार्यक्रम गरेर थप गुणात्मक कार्य गरेको विद्यालयले जनाएको छ। लायन्स क्लव अफ काठमाडौं फेलोसिपका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठित समाजसेवी राजेश हिमालयको संयोजकत्वमा सहयोगात्मक कार्यक्रम भएको हो। सहयोगात्मक कार्यक्रम अन्तर्गत विद्यालयलार्ई शैक्षिक सामाग्री, ब्याग, न्यानो कपडा, खेलकुदका सामाग्रीहरू फुटबल, खेलाडी पोसाक लगायत वितरण गरिएको जानकारी बरिष्ठ उपाध्यक्ष हिमालयले बताएका छन्।

उक्त कार्यक्रममा इसिएलएफ नेपालका अध्यक्ष वन्दनालक्ष्मी श्रेष्ठ, निर्देशक राजाराम महाजु, वडाअध्यक्ष निमा छिरिङ तामाङ लगायतले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्।

मनकामना उच्च मावि काठमाडौं गोकर्णेश्वर ९ का जगननाथ देवकोटा, पासा फुटसल आरूबारीका आकास कक्षपति, रियल वर्ल्डका बाल गोपाल साहुखल लगायतको सहयोगमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपले सामाग्री वितरण गरेको हो। सामाजिक क्षेत्रमा लायन्स क्लव अफ काठमाडौं फेलोसिपको उच्च योगदान रहेको कार्यक्रममा बक्ताहरुले मुक्त कण्ठले प्रशंशा गरेका थिए।

प्रकाशन मिति–२०७९ साल पुस ११ गते सोमवार ।