काठमाडौं। नेपालभाषाको हिट चलचित्र बसन्त–ऋतुवाट एन्टी हिरोको रुपमा व्यापक ख्याति कमाएका अभिनेता राजेन्द्र कुमार महर्जन राजी किपु अव गायक पनि बनेका छन्। चलचित्र बसन्त–ऋतुवाट राजीलाई ब्रेक दिएर डेब्यु गराउने ख्यातिप्राप्त बरिष्ठ निर्देशक पवन जोशीले नै गायनमा पनि ब्रेक दिएका हुन्।

पवन जोशीको शव्द–रचना भएको गीत गाएरै गायनमा पनि राजीकिपुको डेब्यु भएको छ। ए मैचा छ वैया धका पिया च्वना बोलको गीत गाएर गीत संगीतको बेग्लै दुनियमा नायक राजी किपुले प्रवेश गरेका छन्। जुन गीतको भ्यालेन्टाइन–डेको अवसरमा अनिल तुलाधरको संगीतमा रेकर्डिङ भएको छ।

काठमाडौंको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा भएको रेकर्डमा नायक राजीले मज्जाले गीत गाएर सवैको मन प्रफुल्लित बनाउन सफलता प्राप्त गरेका छन्। राजी किपुले गाएको यो गीत गीतकार बरिष्ठ निर्देशक पवन जोशीको ५८ औं रेकर्डको गीत बन्न पुगेको छ। निर्देशक जोशीका अनुसार, यो गीतको भिडियो चाँडै बन्ने भएको छ।


प्रकाशन मिति–२०७६ साल फागुन २ गते शुक्रवार ।