काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारीहरुमा निष्ठावान कर्मचारी तथा भ्रष्टहरुको सदा भण्डाफोर गर्दैआएका बरिष्ठ कर्मचारी सनतकुमार थापा संविधान दिवसमा विभूषित बनेका छन्।

पाँचौ सविधान दिवसको अवसरमा प्रबल जन सेवा श्री, चतुर्थबाट थापा विभूषित बनेका हुन्। संभवत काठमाडौं महानगरपालिका कर्मचारीहरुले पाएको यो पहिलो विभूषण हो।

काठमाडौं महानगरपालिका सामाजिक विभागका विभागिय प्रमुख थापा जनप्रतिनिधिहरु नभएको समयमा पटक पटक काठमाडौं महानगरपालिकाका कर्मचारीवाटै कार्यकारी प्रमुख भैसकेका बरिष्ठ व्यक्तित्व पनि हुन्।

ललितपुरको धापाखेलका स्थायी वासिन्दा थापा राष्ट्रवादी कवि पनि हुन्। काठमाडौं महानगरपालिकामा कर्मचारी बन्नुअघि साझा भण्डार लिमिटेडका महाप्रवन्धक तथा राष्ट्रिय सभागृहका प्रमुख भैसकेका छन्।


प्रकाशन मिति–२०७६ साल असोज ४ गते शनिवार ।