Moon for Edaकाठमाडौ। आज बुधवार मुस्लिम धर्माबलम्बीहरुको महान पव ईदको विदाको होहल्ला भएतापनि सरकारले सार्वजनिक विदा घोषणा गरेको छैन्। केही गैरसरकारी पात्रोहरुमा बुधवार ईदको विदा उल्लेख गरिएतापनि चन्द्रमाको आधारमा ईद मनाइने भएकोले मंगलवार चन्द्रमा नदेखिएकोले बुधवार ईद घोषणा हुन नसकेको बताइएको छ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले नेपाल सरकारले यसै कारण पनि बुधवार ईदको विदा घोषणा गर्न नसकिएको बताएका छन्। बुधवार राति चन्द्रमा देखिएमा विहीवार सार्वजनिक विदा घोषणा संभावना भएतापनि यसै भन्न नसकिने कोइरालाको भनाई रहेको छ। चन्द्रमासको आधारमा मुस्लिम धर्माबलम्बीहरुको ईद तय हुने धार्मिक परम्परा रहेको छ।

मुस्लिम सम्प्रदायले बुधबार आधा चन्द्रमा देखियो भनेर निवेदन दिएमा विहीवार सार्वजनिक विदा गरिने र त्यस्तो नभएमा भोलि पनि विदा नहुने गृह मन्त्रालयले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असार २२ गते बुधवार ।