हङकङ । हङकङवाट दुई घण्टाको दूरीमा रहेको चीन स्वशासित मकाउमा पनि भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार भएको छ। हङकङमा रहेका नेपालीहरुले आइतवार व्यापक रुपमा मकाउ शहर पुगेर भिजिट नेपाल २०२० को नेपाली लाखे सहित व्यापक प्रचार–प्रसार गरेको हो।

हङकङको नेपाली लाखे उपनामवाट ख्याति कमाएका उस्ताद कृष्णभक्त महर्जनले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, हङकङका नेपाली बाणिज्यदूतको आयोजनामा भएको भिजिट नेपाल २०२० को मकाउमा व्यापक प्रचार–प्रसार भएको हो। जसमा हङकङमा रहेका नेपालीहरुको व्यापक सहभागिता रहेको जानकारी हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले दिएकी छन्।

नेपालीहरुले विभिन्न नेपाली परम्परागत मौलिक भेषभूषाका साथमा खुल्ला बसमा शहर परिक्रमा गरेर भिजिट नेपाल २०२० को प्रचार–प्रसार गर्ने कार्य भएको थियो। जसमा विश्वविख्यात नेपाली हारमोनियम उस्ताद गायक नागेन्द्र श्रेष्ठको पनि विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल पुस २७ गते आइतवार ।