काठमाडौ। मखमली मायामा हुर्केको त्यो प्यारमा एकाएक चट्टान बज्रिदा जिन्दगी अवश्य पनि असहज हुने गर्दछ। त्यो असहज जसको जिन्दगीमा पनि आउने गर्दछ।

यिनै कथाबस्तुमा गीत बनेको छ। जाँदैछु म धेरै टाढा टाढा बोलको गीतको भिडियो यतिखेर चर्चामा रहेको छ। भिडियोको कथावस्तु गीतको बोलअनुसार तयार भएको छ। जसले गर्दा पनि यस गीतको उचाई बढेको अग्रज पत्रकार सानुकाजी श्रेष्ठको जिकिर रहेको छ।

शब्द र संगीत पनि गायक मित्र केसीकै रहेको छ । एकता मगरको छायाँङ्न, मिना लामाको निर्देशन रहेको गीतमा राजेश श्रेष्ठ, सविना लो तामाङ, राजकुमार महर्जनकोे अभिनय रहेको छ । म्युजिक भिडियो व्हाईट पिगन मिडियाको ब्यानरमा निर्माण गरेको हो।

https://www.youtube.com/watch?v=9O0WMVOukA0
प्रकाशन मिति–२०७५ साल भदौ २३ गते शनिवार ।