काठमाडौ। दायाँबायाँ केटी राखेर उनीहरुलाई अंगालो हाल्नु पर्ने दृश्य गर्दा हालसम्मकै कठिन र गाह्रो दृश्य गर्नुपरेको अविस्मरणीय घटना बताउने ख्यातिप्राप्त हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र शत्रुगतेमा सोही दृश्य गर्नुपरेको छ। त्यस दृश्य गर्दा पानी नै पानी बन्नु परेका मदनकृष्णको विलकुलै नयाँ लुक्स यतिखेर चर्चाको शिखरमा रहेको छ।

चैत्र ९ गते अलनेपाल रिलिज गरिन लागेको यस चलचित्रको यही दृश्यका कारण शत्रुगतेको युट्युब ट्रेलर भाइरल नै बनेको छ। सार्वजनिक भएको करिब १८ घन्टामै चलचित्र ‘शत्रु गते’को ट्रेलरले युटुबको नेपाल ट्रेन्डिङमा पहिलो स्थान ओगट्न सफल भएको छ।

मल्स्टिार कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरलाई १ दिनमा ४ लाख भन्दा बढी पटक पनि हेरिएको छ । प्रदिप भट्टराइले निर्देशन गरेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, प्रियंका कार्की, शिवहरि पौडेल, बसुन्धरा भुषाल, राजराम पौडेल, रमेश रन्जन झा, पल शाह, आँचल शर्मा लगायतको मुख्य भूमिका छ।

यो चलचित्रबाट मह जोडी चलचित्र निर्माणमा पनि फर्किएका छन्। मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन्। दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य चलचित्रका निर्माता हुन्।


प्रकाशन मिति–२०७४ साल फागुन २० गते आइतवार ।