–श्याम स्मृत
मध्यपुर थिमि (भक्तपुर) । घर–आँगनको सरकार भनेर चिनिएको स्थानीय निकाय नगरपालिका तथा गाउँपालिका कतिपयले स्थानीय सरकार भनेर लेख्न नसकेको अवस्था छ । त्यो अवस्थालाई वितेको पाँच बर्षमा ७५३ पालिका कसैले पनि नगरेको ऐतिहासिक कार्य मध्यपुर थिमि नगरपालिकाले गरेको छ। मध्यपुर थिमि नगरपालिकालाई स्थानीय सरकार भनेर घोषणा गर्ने पहिलो नगरपालिकाको रुपमा मध्यपुर थिमि नगरपालिका नै हो ।

यसको संपूर्ण श्रय मध्यपुर थिमि नगरपालिकाका हसमुख निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठलाई नै जान्छ । संविधानमा सुनिश्चित संघीय गणतन्त्र नेपालको तीन तहको सरकारमा घर–आँगनको सरकार स्थानीय सरकार भनेर शान तथा गौरबको साथ नगरपालिकाको साइनवोर्डहरुमा लेख्ने तथा व्यवहारमा पनि लागू गर्ने पहिलो मेयरको रुपमा मदनसुन्दर श्रेष्ठको नाम स्वर्णिम अक्षरले इतिहास कोरिसकेको छ।

यिनै गौरबशाली मेयर मदनसुन्दर श्रेष्ठको वितेको पाँच बर्षको कार्यकालमा मध्यपुर थिमि नगरपालिकाले काँचुली नै फेरेको छ । देख्ने गरेर नोटिसेबल कला तथा संस्कृतिको अनुपम शहर मध्यपुर थिमि नगरपालिकालाई कलात्मक शहर बनाउने कार्यमा कुनै कसर बाँकी नराखेको स्थानीयको भनाई छ। अझ धेरै कार्य गर्न र गराउनका लागि गत बैशाख ३०, २०७९ सालको स्थानीय निकायको निर्वाचनमा मेयरमा उम्मेदवार बनेका श्रेष्ठ केही मतान्तरको कारण नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठसंग पराजित भएतापनि मध्यपुर थिमि नगरवासीले अझैपनि उनैलाई मेयरका रुपमा सगौरब लिने गरेका छन्।

कतिलाई मध्यपुर थिमि नगरपालिकामा नयाँ मेयर सुरेन्द्र श्रेष्ठ कार्यरत रहेको छ भन्ने कुरा पनि थाहा छैन्। यसो हुनुको प्रमुख कारणमा मेयर मदनसुन्दर श्रेष्ठको गौरबशाली साख एवम् क्रेज नै हो । मदनसुन्दरले वितेको पाँच बर्षमा गरेका विभिन्न ऐतिहासिक कार्यहरुको दस्तावेजले उनलाई अमर बनाएको छ।

मेयरवाट निवर्तमान भएको वर्तमान अवस्थामा पनि आफूले वितेका बर्षमा गरेका कार्यहरु तथा गर्न वाँकी कार्यहरुको नियमित अनुगमन गर्ने कार्य देखि निरन्तर वाच डगको रुपमा कार्य गर्दैआएका मदनसुन्दरको व्यस्तता पहिलाभन्दा अझ बढ्ेका छन्। विहान–बेलुका नगरवासीहरुको यथास्थिति बुझेर उनीहरुका समस्यालाई सक्दो समाधान गर्ने कार्य देखि नगरपालिकाले पहिला गरेका र हाल गरिरहेका कार्यहरुको निरन्तर अनुगमन गर्ने कार्यमा मदनसुन्दरको व्यस्तता बढ्ेको छ।

त्यसपछि आफू संस्थापक प्रिन्सिपल रहेको सूर्यविनायक नगरपालिका दक्षिणबाराही स्थित शंखधर मेमोरियल हाइस्कुलको व्यवस्थापन देखि अध्यापनसम्मको कार्यमा निरन्तर लाग्दैआएका मदनसुन्दर श्रेष्ठको हसिलो मुहार जस्तै मध्यपुर थिमि नगरपालिकाको अनुहार पनि हसिलो बनेको छ। वर्तमान मेयर सुरेन्द्र श्रेष्ठलाई आफ्नो पाँच बर्षे कार्यकालको अनुभववाट मागेको समयमा जुनसुकै बेला पनि सहयोग गर्ने कार्य मदनसुन्दरवाट हुदैआएको छ।

मेयरवाट विदा भैसकेको अवस्थामा पनि मध्यपुर थिमि नगरपालिकालाई कला र कलाकारको अनुपम शहर हो भनेर चिनाउने कार्य मदनसुन्दर श्रेष्ठवाटै भएको छ। नृत्य निर्देशक संघ नेपालको राष्ट्रिय नृत्य दिवस देखि एपिक अवार्डको महाअभियानको अगुवाइ तथा रखवारी गर्ने कार्यको महाअभियान मदनसुन्दर यो बर्ष गरेर मध्यपुर थिमि नगरपालिकाको शान तथा गौरबतालाई अझ उच्च कायम गर्न सफल भएका छन्।

राष्ट्रिय स्तरका महानायक राजेश हमालको स्थानीय पहिरनमा सम्मान दिने कार्य देखि लिएर विश्वविख्यात नेपाली गायक दीपक बज्राचार्यको मनमगनको ऐतिहासिक प्रस्तुति गर्ने कार्यसम्म गरेर सारा नेपाली राष्ट्रिय कलाकारहरुलाई मध्यपुर थिमि नगरपालिको बोडेको ऐतिहासिक कुमारी मन्दिरको स्टेजदेखि कमलपोखरी हुदै थिमिको दुई पोखरी, बालकुमारीसम्म उतारेर उनीहरुलाई क्याटवाक गराएर नगरपरिक्रमा गराउने मदनसुन्दरले मध्यपुर थिमि नगरपालिकालाई विश्वलाई आफू मेयर नहुदाको समयमा पनि चिनाएकै हो।

यति धेरै कला र कलाकारितालाई सम्मान दिएका मदनसुन्दर श्रेष्ठलाई गत फागुन महिनामा मात्र बुटवलमा आयोजित नृत्य निर्देशक संघ नेपालको विशेष कार्यक्रममा तीस किलोको फूलमाला सहित अभिनन्दन गरिएको जानकारी संघका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठले दिएका छन्।

यसअघि, मेयरको पाँच बर्षे कार्यकाल गजबले सम्पन्न गर्दै विदा हुने पूर्वसन्ध्यामा श्रेष्ठलाई बाजागाजा सहित शानले मध्यपुर थिमि नगरकै दबुली नेपाल नामक संस्थाले भव्य सम्मान गरेको थियो। भव्य सम्मान कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले आफ्नो कार्यावधिमा ४५ वटा मन्दिर, ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुंगेधारा, ३ वटा दरवार र ५ वटा बौद्ध विहार पुर्ननिर्माण भएको बताएका थिए ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल चैत्र ११ गते शनिवार ।