KP Oli Pmकाठमाडौ। तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वीचको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामालाई बार्ताको मुख्य विषय बनाएको खुलासा भएको छ।

काठमाडौबाट प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकका अनुसार कांग्रेस सभापति सुशील कोइरालासंगको मधेशी मोर्चाको बार्तामा मधेशी नेता महन्थ ठाकुरले प्रधानमन्त्री ओलीको राजिनामाको कुरालाई मूल विषय बनाएको छ।

Madheshi Morcha Neta

मधेश आन्दोलनको मुख्य माग सीमांकन रहेकोमा विवाद नभएतापनि मोर्चाको ११ बुँदे मागको निकासका लागि मधेश र मधेशविरोधी प्रधानमन्त्री ओलीको राजिनामालाई प्रमुख प्रतिपक्षीले अगाडि बढाउनु पर्ने माग मोर्चाका नेता ठाकुरले राखेको भनेको छ।

मोर्चा र कांग्रेस सरकार ढाल्ने षडयन्त्रको रुपमा कांग्रेस–मोर्चा बार्तालाई लिइएको छ। जसवाट समझदारी बढ्ने नभइकन अझ व्दन्द बढ्ने संकेत दिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।