काठमाडौ। तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । तत्कालीन केपी शर्मा ओली नेतत्वमा रहेको माओवादी केन्द्रसहितको सरकारलाई ढालेर पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन मोर्चाले सघाएको थियो।

Madheshi-Morcha-Netaआवरणमा तीनबुँदे सहमति गर्दै दाहाललाई सत्तारोहण गराएको मोर्चाले त्यसको सात महिना काट्नै लाग्दा सहमति कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको हो । पछिल्लोपटक सहमति कार्यान्वयनका लागि सात दिनको समय दिएको मोर्चाले त्यस अवधिमा पनि प्रधानमन्त्री आफूहरुको मुद्दाप्रति संवेदनशील नबनेको भन्दै बुधबारको व्यवस्थापिका–संसद बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो।

मोर्चाका तर्फबाट तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्दराय यादवले सरकारले कुनैपनि सहमति कार्यन्वयउन नगरेकाले आफूहरु समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए । मधेसी मोर्चाले समर्थन फिर्ता लिएपनि दाहाल नेतृत्व सरकार अल्पमतमा भने परेको छैन । मोर्चा आबद्ध दलका तर्फबाट ४२ सांसदले समर्थन फिर्ता लिएका हुन् । मोर्चाले समर्थन फिर्ता लिएतापनि सरकारसँग नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको साथ र त्यसमा स्पस्ट बहुमत छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ३ गते विहीवार ।