काठमाडौं। नेपालमा लकडाउनको अवस्थामा घर–बहालमा बस्नेहरुलाई राहत दिने मनकारी घरधनीहरु देखिएका छन्। यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजेश्वरीका मनकारी घरधनी मञ्जु रानामगर पनि देखिएकी हुन।

मनकारी घरधनी मञ्जु रानामगरले आफ्नो विजेश्वरी स्थित घरमा बस्ने ११ परिवारमध्ये ६ परिवारलाई यो चैत महिनाको घरबहाल मिनाहा गर्ने घोषणा गरेकी छन्। मनकारी घरधनी मञ्जु रानामगरको घरमा बस्ने ६ परिवार विशेषत ज्याला–मजदुरी गरेर खाने परिवार भएको कारण पहिलो प्राथमिकतामा उनीहरुलाई चैत महिनाको घरबहाल मिनाहा दिएको हो।

वांकी ५ परिवार सरकारी जागिरे भएको कारण उनीहरुलाई घरबहाल मिनाहा गर्न आवश्यक नभएको कारण आफूले नगरेको खुलासा भिजन संसार डटकमलाई मनकारी घरधनी मञ्जु रानामगरले बताएकी छन्। सामाजिक रुपमा सामाजिक दायित्व महशुश गरेर विपदको बेला कोरोनाभाइरसको महामारीको कारण लकडाउन भैरहेको अवस्थामा मञ्जु रानामगर जस्ता मनकारी घरधनीहरुले यसरी नै घर तथा पसलका बहाललाई मिनाहा गरेर राहत दिनु अत्यन्त आवश्यक छ।

मरेर लानु केही छैन्। बाँचुञ्जेलीका लागि हो। यस मूलमन्त्रलाई महत्व दिएर आपतमा परेका र बेखर्ची भएकाहरुलाई सहयोग गर्नु परोपकारी कार्य हो। यसतर्फ सवै मनकारी घरधनीहरुको ध्यान जानु आवश्यक छ।
प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।