काठमाडौं। थोरै कमाई हुने नेपाली कला क्षेत्रमा नेपाली कलाकारको भने मन भने ठूलो रहेको छ। धन नभएतापनि मन भएका नेपाली कलाकारका कारण सामाजिक क्षेत्रले गत्ति पाएका छन्। सानो थैलीमा चल्ने नेपाली कलाकारिता क्षेत्रमा कलाकारहरूको गोजीमा लाखौं, करोडौं हुँदैन। तरपनि सिको ठूलैको गरेर उनीहरु समाज सेवामा अत्यन्त तल्लिन बनिरहेको पाइन्छ।

गोजीमा एक पैसा नभएतापनि ठूलो मनले सहयोगन गर्न आतुर तथा तल्लिन नेपाली कलाकारका कारण पनि नेपाली कलाकारिता क्षेत्र गौरबमय क्षेत्र बन्दैआएको हो। यस कलाकारिता क्षेत्रको गौरब तथा शान यतिखेर कलाकार इन्दु नेपाली देखिएकी छन्।

इन्दुसंग आफू बस्ने घर नभएतापनि सवैलाई अटाउन सक्ने ठूलो मन छ। पैसा नभएतापनि कसैलाई आपत–विपत पर्दा कुनै न कुनै तौर–तरीकाले सहयोग गर्ने र आपतको सहारा बन्ने इन्दुको बानीको कारण इन्दुलाई आपतकी देवी भन्न थालिएको हो। आधारातमा कसैलाई अस्पताल लानु पर्ने अवस्थामा होस् या कोही गंभीर विरामी परेर पीडामा बसको बेला–जस्तोसुकै अवस्थामा पनि सक्दो सहयोग गर्ने कार्यमा कहिले पनि पछि नपर्ने इन्दुको गजबको बानी छ।

सुखमा त सवै हुन्छ। दुःखमा तपाईको कोही छैन भने, मलाई संझ्नुस्–म तपाईको दुःखको साथी बन्न चाहन्छु भन्ने यिनै दुःखका साथी इन्दु नेपालीले अघिल्लो हप्ता मात्र किड्नी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग गरेकी हुन्।

अघिल्लो दिन भक्तपुरको मध्यपुर थिमीमा आयोजित सांस्कृतिक कार्यक्रममा विविध नृत्य गरेर कमाएको नगद ५ हजार ल्याएर अग्रज फोटोपत्रकार महर्जनलाई सहयोग गरेको त्यो पलमा महर्जन पत्नी मञ्जु महर्जनले आँखामा आँशु थाम्नै सकिनन्। यो संसारमा यस्तो महान मान्छे पनि हुंदो रहेछ भन्ने आफूले बल्ल थाहा पाएको महर्जन पत्नी मञ्जुले नामी साप्ताहिकलाई प्रतिक्रिया दिएकी छन्।

सानो उमेरदेखि अनाथ तथा असहायहरुलाई देख्नासाथ उनीहरुको दुःख देख्न नसकेर आफूले खाइरहेको गाँस तथा लाइरहेको कपडा पनि दिने गरेको याद अझैपनि इन्दुको बुवा र आमाले गरेकी छन्।

काठमाडौंको क्षेत्रपाटी ढल्कोमा जन्मेकी तथा त्यही हुर्केकी इन्दु नेपालीले ठूलो कलेज पढ्ेकी छैनन्। कुनै विश्वविद्यालयवाट समाजशास्त्रमा कुनै ठूलो डिग्री हासिल गरेकी छैनन्। इन्दुले धेरै पढ्ेकी पनि छैनन्। क्षेत्रपाटीकै जुद्धोद्य हाईस्कुलवाट कक्षा ८ सम्मको मात्र पढाई पूरा गरेकी छन्। यसो भएतापनि इन्दुमा अनुभवको ज्ञान छ। समयले सिकाएको ठूलो डिग्री रहेको छ। अनुभव र समयले दिएको ज्ञान नै इन्दुको डिग्री हो। त्यही डिग्रीले समाजमा नयाँ ज्ञान दिने कोशिशमा लागेकी इन्दुमा त्यस्तो कुनै स्वार्थ छैन्।

निस्वार्थ समाज–सेवा गर्ने उदेश्यले असहाय तथा अनाथको सेवामा अहोरात्र पुग्ने इन्दुको अर्को लक्ष्य तथा चाहना कलाकारिता नै हो। सानैदेखि समाज–सेवा गरेजस्तै सानै उमेरदेखि डान्स गर्ने गंभीर चाहनाले इन्दुलाई कलाकार बनाएको हो। इन्दुले डान्सको कुनै तालिम लिएकी छैनन्। अभिनयको पनि कुनै क्लास लिएकी छैनन्। डान्स तथा अभिनय कुनैको पनि तालिम नलिएतापनि कलाकारिताको दुवै विधामा पोख्त रहेकी छन्।

स्टेजका सवैखाले प्रोग्रामहरुमा सवैको मनखाने गरेर डान्स गर्नुको अलावा चकचके एक्टिङ देखि सिरियस एक्टिङ पनि मज्जाले गर्ने खुवी तथा क्षमता इन्दुमा रहेको छ। हालसम्म नेपाली तथा नेपालभाषाका दर्जनौ गीतका म्युजिक भिडियोमा अभिनय गर्नुको अलावा रंगमंचका धेरै नाटकहरुमा अभिनय गरिसकेकी छन्। केही चलचित्रमा अभिनय समेत गरिसकेकी छन्। कलाकारिता र समाज–सेवालाई समानान्तर रुपमा निरन्तर अगाडि बढाएर लैजाने इन्दुको एकमात्र चाहना र उदेश्य रहेको छ। जसमा उनी तल्लिन भएर लागिरहेकी छन्।

(नामी साप्ताहिकवाट साभार।)
प्रकाशन मिति–२०७५ साल पुष १८ गते बुधवार ।