Mr Sanam Kumar Bairag

काठमाडौं। मनछुने गीतका गीतकार समेत रहेका अग्रज अभिनेता तथा निर्देशक सनमकुमार बैराग साहित्य सिर्जनामा पनि व्यस्त बन्दैआएका छन्। कविता लेखन तथा गीत लेखनमा मात्र नभइकन नाटक तथा चलचित्रका कथा तथा पटकथा अनि संवाद लेखनमा पनि बैरागको अग्रता रहेको छ।

Director Mr Sanam Kumar Bairag

नाम बैराग भएतापनि सधै अरुलाई हौसला तथा उत्प्रेरणा दिनेखाले साहित्य सिर्जना गर्नमा अब्बल नै मानिएका मनछुने गीतका गीतकार बैरागका लिरिकल भिडियोहरु अव क्रमिक रुपमा भिजन संसार डटकमको गौरबमय प्रस्तुति भिजन संसार प्लसवाट विश्वभर प्रसारण हुने भएको छ।

स्वयम्भुका आँखा, संभव–असंभव, यथार्थ यात्रा लगायतका टेलिचलचित्रमा बरिष्ठ गायक योगेश बैद्यको गायन रहेको मनछुने गीत रोयर मन छल्केका छन आँशु–विव्हल छन् चुपचाप मलामी–जाँदैछ टाढा कुन देशमा–माग्दैछ लाश सबैबाट सलामी
समाबेस भएको थियो ।

त्यस्तै गीतकार बैरागको गीत चलचित्र श्रध्दान्जलीमा प्रेमध्वज प्रधानको स्वरमा
जीवनको गोरेटो, पर्खिबसे आउला भनी कोही न कोही मायालु तथा गायक कुमार कान्छाको स्वरमा पौरख पसिना सौगात मेरो सज्जाउला कर्मले पाखा पखेरो बोलका गीतको अलावा हालै रेकर्ड भएको मेल भर्सनमा प्रमोद खरेल र फिमेल भर्सनमा एलिना चौहानको गायन रहेको आफ्नो गीत क्रमशः रिलिज हुने भएको जानकारी गीतकार बैरागले दिएका छन्।

बेलायतवासी गंगाराज राईको गायनमा रेकर्ड भएको गीतको लिरिकल भिडियो पनि भिजन संसार प्लसवाट चाँडे रिलिज हुने बैरागले सगौरब बताएका छन्।
प्रकाशन मिति–२०७९ साल असार २१ गते मंगलवार ।