काठमाडौं। धन भएर मात्र हुंदैन। मन पनि हुनुपर्दछ। धेरै धन भएर मन भएन भने, त्यो मान्छेको अर्थ पनि हुंदैन। भन्नेहरुले धनीहरुका मन हुंदैन भन्छन्। कति धनीहरु धन पोका पारेर रमाइरहेका हुन्छन्। त्यस्ता धनीहरु मरेपछि त्यो धन पनि आफूसंगै लान पाइन्छ भन्ने सोच राख्छन्। जुन सोचले गर्दा उनीहरुमा अत्यन्त घमण्ड बढाइरहेको कुरा उनीहरु आफैलाई थाहा हुदैन्।

वास्तवमा मरेर लानु केही छैन्। बाँचुञ्जेलीका लागि त हो भन्ने सोच राख्नेहरु कहिले पनि घमण्डी बन्दैन। उनीहरु अरुले जस्तो निन्द्रा किनेर सुत्नु पर्दैन। मज्जाले निदाउन सक्छन्। आनन्द र तृप्तिको अनुभव गर्न सक्छन्। त्यही सोचमा धनभन्दा मन ठूलो बनाउने मान्छेका नामहरुको भीडमा अर्जुन खड्काको नाम पनि आएको छ।

जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल र नेपालीको सेवामा समर्पित अन्तरराष्ट्रिय संस्था हामी नेपाली ग्लोबलका बोर्ड अफ डाइरेक्टर समेत रहेका अर्जुन खड्काको थाकथलो काठमाडौंको विशालनगर नै हो। अर्थात अर्जुन खड्का काठमाडौंको रैथाने हुन्। रैथाने हुनुको आफैमा दुःख छ। त्यो त केवल अर्जुन खड्का जस्ता काठमाडौंका धेरै रैथानेहरुका दुःख केवल रैथानेहरुलाई मात्र थाहा छ।

उनै काठमाडौंका रैथाने अर्जुन खड्का अढाई दशक अगाडि रैथाने दुःखवाट मुक्त बन्ने आम नेपालीहरुको सपनाको देश अमेरिका हानिएका थिए। अमेरिका पुगेर आम नेपालीले जस्तो अर्जुन खड्काले पनि धेरै दुःख खेपेका छन्। साउन–भदौ तथा पुष–माघ नभनिकन अमेरिकामा दुःख विसाएका छन्।

सोही संघर्ष तथा कडा मेहनतका कारण अमेरिकाको न्यूर्याकमा प्रतिष्ठित नेपाली व्यापारीका रुपमा अर्जुन खड्का चिनिएका छन्। आफूले अमेरिकामा आर्जन गरेका आधाभन्दा बढी कमाई यतिखेर अर्जुन खड्काले मन ठूलो बनाएर विपन्न वर्गको क्षमता विकासमा सामाजिक सहयोग गरिरहेका छन्।

असहाय तथा अनाथ बालबालिका आश्रित बाल आश्रम लगायत विभिन्न बृद्धाश्रमहरुमा सक्दो सहयोग गर्ने कार्य गरिरहेका छन्। बेलाबखत नेपाल आएर सामाजिक सहयोग गर्ने कार्य गर्दैआएका अर्जुन खड्का सामाजिक अभियानका अभियन्ता पनि हुन्। नेपाल र नेपालीको लागि आफूले तन, मन तथा धनले सक्दो सहयोग गर्ने कार्यमा सदा लाग्ने प्रतिबद्धता पनि अर्जुन खड्काको रहेको छ।

अत्यन्त दयालु मन भएका सामाजिक अभियन्ता अर्जुन खड्का अमेरिकाको कनेक्टिकटमा रहेको दुईवटा रेष्टुरेन्ट व्यवसायमा व्यस्त भएको बेलामा पनि त्यहाँ नेपालीहरुलाई आपत–विपत परेमा जतिखेर सहयोगी हातको रुपमा अगाडि बढ्ने कार्य गर्दैआएका छन्। नेपालमा आतेजाते गर्ने क्रममा गरिब बालबालिका तथा असहाय बृद्धबृद्धाहरुको सहयोगार्थ व्यक्तिगत रुपमा अनेक सहयोग गर्ने कार्य गर्दैआएका छन्।

नेपालस्थित लक्ष्मी प्रतिष्ठानव्दारा अति सिमान्तकृत बालबालिकाहरुको शिक्षामा पहुँच गराउन चितवनको कान्द्रा तथा काभ्रेको चौरी देउरालीमा निःशुल्क संचालन गर्दैआएको छात्रावासको लागि अर्जुन खड्काले सहयोग गर्ने गरेको प्रतिष्ठानले जनाएको छ। जसवाट २ सयजना बालबालिका लाभान्वित बनेको प्रतिष्ठानको भनाई छ।

त्यसैगरेर, केही महिनाअघि मात्र गायक एवं सामाजिक अभियन्ता निर्णय श्रेष्ठ र भूतपूर्ब एसएसपी ठाकुरप्रसादको साथमा भक्तपुरस्थित बेबी लाईफ होममा पुगेर आश्रित नानी–बाबुहरूको शिक्षाको लागि नगदै सहयोग गर्ने कार्य भएको पनि बेबी लाइफ होमले भनेको छ।

बिदेशी भूमिमा रहेरपनि नेपाल र नेपालीलाई हरदम प्रेम गर्दैआएका मानवीय मनका धनी अर्जुन खड्काकी जीवन–संगीनी मैया खड्का पनि त्यतिकै सबल हृद्यकी हुन्। अक्सर श्रीमान अर्जुन खड्काका साथमा नेपाल आउने क्रममा विभिन्न बालआश्रम तथा बृद्धाश्रममा पुगेर सक्दो सहयोग गर्ने कार्यमा पछि पर्ने गरेकी छैनन्।

 

अमेरिकामा दुःख गरेर कमाएको रकम स्वदेशका असहाय तथा गरीब बालबालिका र बृद्धा–बृद्धाहरुको लागि खर्चिदै आएका निष्ठावान सामाजिक अभियन्ता खड्का दम्पत्ति उदाहरणिय र महान दम्पत्तिका रुपमा सर्वत्र पूजिन थालेको छ। जुन अत्यन्त गौरबताको कुरा भएको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल मंसीर १७ गते मंगलवार ।