काठमाडौ। नेपालको हिमालपारिको जिल्ला भनेर चिनिने मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेका हुन्। सो मुददामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेतापनि दिपक मनाङ्गे भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो।

विसं.२०६९ सालमा मनाङ्गेलाई दोषी ठहर गर्दै पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने अदालतले सफाइ दिएको थियो। अन्य प्रतिवादीले भने सो सजायँ चुनौति दिँदै पुनरावेदन गरेता पनि मनाङ्गेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने पनि इजलासले ठहर गरेको छ।

पुननरावेदनको फैसला अन्तिम भएता पनि उनी यस अघि उक्त फैसला बमोजिम कैदमा नबसेका हुनाले अब सर्वोच्चको फैसला पछि निज कैदमा बस्नुपर्ने र उनको पद पनि स्वतःबदर हुने कानुनविदहरु बताउँछन्। मनाङ्गे मनाङ जिल्लावाट प्रदेशसभा सांसदमा स्वतन्त्रवाट उम्मेदवारी दिएर जितेका हुन्।
प्रकाशन मिति–२०७४ साल माघ २ गते मंगलवार ।