Lamjung Beshisahar Khudi Manag Road-Dusti & Danger Road...
Lamjung Beshisahar Khudi Manag Road-Dusti & Danger Road…

लमजुङ्ग। लमजुङ्गको उत्तरी लमजुङ्ग जाने बेसीशहर–खुदीबेनी सडक त्यति धेरै लामो पनि छैन्। केवल ७ किलोमिटर मात्र लामो सडक मार्ग भएतापनि यो सडक खण्डमा अझैपनि कालोपत्रे नहुंदा दिनानुदिन निक्कै जोखिम बढ्ने गरेको छ।

सडक बनेको बीसौ बर्ष भैसक्दा पनि यस सडकमार्गमा कालोपत्रे गर्नेतर्फ सरकारको ध्यान गएको छैन्। डरलाग्दो मस्र्याङ्गदी नदीको तिरैतिर भएर जानुपर्ने यो सडक मार्ग छिचोल्न सामान्य ढंगवाट यदि राम्रो पीच हुने हो भने मोटरलाई बढीमा १५ मिनेट मात्र लाग्ने गर्दछ। यतिखेर भने यो सडक मार्ग छिचोल्न कम्तिमा पनि ४५ मिनेट देखि १ घण्टा लाग्ने गरेको छ।

beshisahar-khudi-beni-road-2

त्यसमाथि पनि जोखिमपूर्ण सडकको कारण यात्रु तथा चालकको बस यात्रा जहिले पनि खुकुरीको धारमा परेजस्तो जोखिम बन्ने गरेको खुदी भुलभुले ङ्गादी देखि दिनहुँ काठमाडौ बस चलाउंदै आएका बस चालक रविन्द्र गुरुङ्गको भनाई रहेको छ। यो मार्गमा यात्रुहरुको निक्कै चाप हुने भएकोले बसलाई स्थिर रुपमा सहजताका साथ संचालन गर्न पनि गाह्रो भएको र यो मार्ग पार नभएसम्म मनमा सधैं चिसो पस्ने गरेको चालक गुरुङ्गले भनेका छन्।

beshisahar-khudi-beni-road-3

अलिकति मात्र बस तलमाथि भएपनि सिंधै मस्र्याङ्गदी नदीमा खस्ने भएकोले सडकमार्गमा उचित तारबार तथा कालोपत्रे गर्न अत्यन्त आवश्यक भएको चालक गुरुङ्ग भन्छन्। लामो समयदेखि यो सडकमार्गमा कालोपत्रे गर्नुपर्ने तथा सडकको उचित स्याहार तथा मर्मत गर्नुपर्ने माग स्थानियको रहेतापनि यसतर्फ सरकारको कुनै चासो नदेखिएको स्थानिय शिक्षक प्रेम कुमार श्रेष्ठको गुनासो रहेको छ।

Lamjung Khudi Beutiful village
Lamjung Khudi Beutiful village

यो सडक मार्ग भएर बेसीशहरवाट खुदीबेनी जाने यात्रुवाहक बस मात्र संचालन नभइकन मनाङ्गसम्म जाने सवारीहरु पनि यही मार्गवाट जाने भएकोले यस सडकलाई व्यवस्थित गरिनु अत्यन्त आवश्यक देखिएको छ। जसवाट दूर्घटना निक्कै कम हुने र यात्रु तथा चालकहरुले जोखिमपूर्ण यात्रा गर्न नपर्ने हुने आशा गरिएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ७ गते आइतवार।