काठमाडौं। ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशन रहेको पछिल्लो गीतको भिडियो सार्वजनिक भएको छ। छ ल्यासे जुया वलः बोलको ज्यादै यथार्थवादी तथा मार्मिक गीतको भिडियो सार्वजनिक भएको हो।

मनैदेखि अभिनय गर्ने र गराउने खुबी भएका अभिनेता तथा निर्देशक जोशीको निर्देशनमा उज्जला शाक्य, रुक्साना महर्जन, उत्तमरत्न शाक्यले मनछुने यथार्थवादी अभिनय गरेका छन्।

उत्तम शाक्यको निर्माण तथा पवन जोशीको निर्देशन र राजेश शाक्यको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मर्ने बेलामा सानो छोरीलाई सौतेनी आमाको छायाँ नपार्नु भन्ने स्वर्गवासी पत्नीको अनुरोधलाई मनन गरेर दोश्रो विवाह नगरिकन छोरी हुर्काउने पिताको मर्मस्पर्शी कथा रहेको छ।

भुपेन शाक्य र उज्जला शाक्यको गायन रहेको यस गीतमा अमृतरत्न शाक्यको गीत रचना, शिव शाहीको संगीत रहेको छ।

प्रकाशन मिति–२०७७ साल पुस १७ गते शुक्रवार ।