Dhoom 2काठमाडौ। नेपाली चलचित्र चलाउनको लागि भरपूर्ण मनोरञ्जनको ग्यारेन्टी हुनुपर्दछ। विना मनोरञ्जनका चलचित्रले पानी पनि पिउन नपाएको बर्तमान अवस्थामा भरपूर कमेडी तथा मनोरञ्जनका साथमा चलचित्र धुम–२ निर्माण भएको खुलासा भएको छ।

यस चलचित्रका निर्माता तथा निर्देशक जयकिशन बस्नेतले चलचित्र धुम–२ मा मनोरञ्जनको शतप्रतिशत ग्यारेन्टी रहेका बताएका छन्। ट्रेण्डी फिल्मस् प्रा.लि.का लागि जान्हवी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुति रहेको चलचित्र धुम–२ यही भदौ ८ गते तीजको दिन नेपालर प्रदर्शनमा आउने भएको छ।

धुम–२ का लेखक, निर्माता, नृत्य–निर्देशक जयकिशन बस्नेत हुन भने यसमा उनकै प्रमुख भुमिका रहेको छ । अन्य कलाकारहरुमा रोहित रुम्बा , सृजना भट्टराई , महिमा सिलवाल लगायत रहेका छन्। डबिंग र मिक्सिङ्ग राजकृष्ण श्रेष्ठ, सह–निर्माता बिपन खत्री, कार्यकारी निर्माता मदन ताम्राकार रहेको छन्।
प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।