–सुनकुमार अवाल
काठमाडौं। काठमाडौं उपत्यकाको सुन्दर खोलानाला तथा नदी–तलाउको संरक्षण तथा संवद्र्धनमा हिजोआज सम्पदा प्रेमीहरुको निक्कै सक्रियता देखिएको छ।

विशेषत काठमाडौं उपत्यकाका खोलानाला तथा नदी–तलाउमा फोहर फाल्ने अनियन्त्रित कार्यले गर्दा पवित्र गंगा मनोहर लगायतका नदी दूषित बन्दैगएको छ। त्यसमाथि, अनावश्यक रुपमा खोलानालामा लागुऔषध गाँजाका झारहरु पनि बृद्धि भैरहेको पाइन्छ। तिनले पनि समस्या ल्याइरहेको छ।

यी यावत समस्याहरुलाई निराकरण गर्नका लागि मनोहरा सरसफाई तथा सम्पदा बचाउ अभियानका सामाजिक अभियन्ताहरु शोभितमान श्रेष्ठ (इङकाजी श्रेष्ठ) र बलबहादुर आचार्य क्षेत्रीको आयोजनामा मनोहरा नदी किनारको सरसफाई गर्ने कार्य भएको छ।

मनोहरा नदी किनारमा अनावश्यक रुपमा उम्रिएका गाँजाको पनि फँडानी गर्ने कार्य भएको छ। महानगरीय प्रहरी वृत ठिमीका प्रहरी निरीक्षक पंचलाल गोलेको पनि उक्त कार्यक्रममा प्रमुख सहभागिता रहेको थियो। साथमा नारायण गिरी, चन्द्र ढकाल लगायतका अभियन्ताहरुको पनि विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।