काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीले रक्त व्यवस्थापनलाई समेत प्रभावित तुल्याई रहेको वर्तमान अवस्थामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ७ गोठाटार स्थित संगम हातेमालो समाज,लायन्स क्लब अफ लर्ड बुध्द र जेष्ट आईडोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको छ।

त्यसैगरेर, शनिवार नै ललितपुर महानगरपालिका स्थित पाटन दरवार स्क्वायर मंगलबजारमा रिलायन्स फाईनान्स लिमिटेड र लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्ट्रलको संयुक्त आयोजनामा बिशेष रक्तदान कार्यक्रम संपन्न भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंवर ७ मनोहरा गोठाटारमा आयोजित रक्तदान कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगरपालिका वडा नंवर ७ का वडा अध्यक्ष जीवन थापा, लायन्स क्लब अफ काठमाडौं लर्ड बुध्दका लायन लक्ष्मीप्रसाद कट्टेल, संगम हातेमालो समाजका अध्यक्ष अमृत बुढाथोकी, जेष्ट आईडोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी सञ्चालक हेमबहादुर कार्की र  लायन मनबहादुर रोका समेतको उपस्थिति रहेको उक्त कार्यक्रमको कार्यक्रम संचालन सल्लाहकार एवं संयोजन स्वयंसेवी रक्तदाता शैलेन्द्र रायमाझीले गरेका थिए।

उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण–पत्र प्रदान गरेका थिए।

ललितपुर मंगलबजारमा आयोजित विशेष रक्तदान कार्यक्रममा लायन क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष बिद्यालक्ष्मी गुभाजु, रिलायन्स रफाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाजका महालक्ष्मी नगरपालिका वडा नंवर ६ समितिका अध्यक्ष दशबहादुर महर्जनको उपस्थिति रहेको सो रक्तदान कार्यक्रमको सभापतित्व रिलायन्स फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले गरेका थिए।

कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा प्रशंसा–पत्र प्रदान गरेका थिए।


प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।