काठमाडौ। नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसको अविश्वासमा परिसकेको केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रीपरिषदको बैठकले बर्तमान नेपाली राजनीतिको समीक्षा गरेको छ। व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय समेत गरेको छ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
Mr. Sher Dhan Rai Ministe of Information in press briffing at PM residency.

राससका अनुसार,प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास प्रस्तावको सामना गरी संविधानबमोजिम अघि बढ्ने निर्णय गरेको सूचना तथा सन्चारमन्त्री शेरधन राईले बताए। माओवादी केन्द्रले अविश्वासको प्रस्तावमा छलफल नभएसम्म बजेट आश्रित विधेयक पारित नगर्ने अडान लिएको सम्बन्धमा पत्रकारको जिज्ञासामा सरकारका प्रवक्ता राईले भने–‘त्यो उहाँहरुको कुरा हो । सरकार संविधान र विधिसम्मत ढंगले अघि बढ्नेछ ।’

बैठकले ‘नेपाल स्वास्थ्य चिकित्सा शिक्षा सेवा ऐन’को मस्यौदालाई संसदमा प्रस्तुत् गर्ने निर्णय गरेको राईले बताए । सो मस्यौदाले चिकित्सक डा. गोविन्द केसीको मागलाई केही हदसम्म सम्बोधन गर्ने बुझिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरलाई विशिष्ट स्वास्थ्य सेवा सन्चालनका लागि आवश्यक मेसिनरी खरिदका लागि रु २० करोड पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा झुठो विवरण दिइ नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता कानुनबमोजिम रद्द गरी नागरिकता दिने सम्बन्धित कर्मचारीलाई छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ ।

Google Boy of Nepal

‘गुगल ब्वाइ’ प्रतिष्ठानलाई रु एक करोड
‘गुगल ब्वाइ’बाट चर्चित आदित्य दाहाल प्रतिष्ठानलाई आवास र सवारी–साधन तथा साधना केन्द्र स्थापनाका लागि रु एक करोड अनुदान दिने निर्णय सरकारले गरेको छ।

लगानी बोर्डमा नियुक्ति
बैठकले लगानी बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ। ऋण असुली न्यायाधीकरणको सदस्यमा मानबहादुर अर्याल नियुक्त भएका छन् ।

दुई सचिवमा बढुवा
बैठकले न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा पदस्थापन गरेको छ।
प्रकाशन मिति–२०७३ साल असार ३१ गते शुक्रबार ।